एजेन्सी– भारतीय क्रिकेट टोली पुनः अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) काे कारवाहीमा परेकाे छ। न्युजिल्याण्डविरूद्धकाे टी–२० सिरीजकाे पाँचौ तथा अन्तिम खेलमा ‘स्लो ओभर रेट’ को कारण भारतलाई २० प्रतिशत रकम जरिवना लगाएको आईसीसीले जनाएकाे छ।
साेमबार एक एक प्रेस विज्ञप्ती जारी गर्दै भारतीय क्रिकेट टिमलाइ कारवाही गरिएकाे जानकारी दिइएकाे थियाे। यसअघि भारतलाई शुक्रबार न्युजिल्यान्डसँगको चौथो टि–२० खेलमा ‘स्लो ओभर रेट’ को कारण आईसीसीले ४० प्रतिशत रकम जरिवना लगाएको थियो।
पाँचौ टि–२० खेलमा भारतले निर्धारित समय भन्दा एक ओभर ढिला गर्दा २० प्रतिशत जरिवानामा परेको हो। पाँचौ खेलमा भारतकाे कप्तानी गरेका रोहित शर्माले गल्ती स्विकार गरेकाे बताइएकाे छ।