काठमाडौं – फोक्सोको क्यान्सर र आन्द्राकाे क्यान्सरपछिको तेस्रो घातक क्यान्सर कलेजोको क्यान्सर हो। हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो। यसको लम्बाई १५ सेमी –लगभग ६ इन्च हुन्छ। यो पेटको दाहिने भागमा हुन्छ।
फोक्सोको क्यान्सरले के काम गर्छ ?
यसको मूख्य काम चाहि पाचन नलीबाट आउने रगतलाई शुद्धिकरण गरेर पुरै शरीरमा संचार गराउने हो। रगतलाई शक्तिमा बदल्ने काम पनि कलेजोले गर्छ। कलेजोलाई रक्षा कसरी गर्ने भन्ने कुरामा खासै ख्याल राख्दैनौ।
कलेजोमा क्यान्सर कसरी हुन्छ ?
१. ‘हेपाटाइटिस बी’ कलेजो क्यान्सरको मुख्य कारण हो । ५० प्रतिशतभन्दा बढी क्यान्सरको कारक ‘हेपाटाइटिस बी’लाई मानिन्छ ।
२. लिभर सिरोसिस अर्थात् कलेजोमा आउने कडापनबाट पनि क्यान्सरको सम्भावना हुन्छ। अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिमा सिरोसिस हुने गर्छ ।
३. मधुमेहको कारण नन अल्कोहलिक फ्याटी लिभर नामक रोग लाग्न सक्छ, यो क्यान्सरको कारण बन्न सक्छ।
४. मोटोपनको कारण कलेजोमा बोसो जम्छ।
५. खानेकुरामा पाइने एक किमिसको टक्सिनले कलेजोमा समस्या ल्याउँछ ।
कसरी थाहा पाउने ?
– क्यान्सर भएमा कलेजो सुन्निने वा दुख्ने हुन्छ । पेटको माथिल्लो दाहिने भागमा लगातार पीडा हुनु कलेजोको क्यान्सरको लक्षण हो।
– लिभर सिरोसिस र हेपाटाइटिसका बिरामीमा क्यान्सर हुने सम्भावना बढी हुने भएकाले यस्ता लक्षण देखिन्छन्। खान मन नलाग्ने, छाला पहेँलो हुने र बिस्तारै दुब्लाउँदै जाने समस्या देखिन्छन ।
– कलेजोको क्यान्सरको कारण पेटमा पानी जम्न थाल्छ।
– शरीरमा पहेंलोपन बढ्छ।
– ज्वरो आइरहन्छ। महिनौंसम्म उपचारपछि पनि निको हुँदैन।