एजेन्सी– महिलाको शरिरमा उमेरसँगै थुप्रै परिवर्तन आउने गर्दछ। आज हामी महिलाहरुमा बिस वर्ष पार गरेपछि शरिरमा कस्तो प्रकारको परिवर्तन आउँछन् भन्ने विषयमा केही चर्चा गर्नेछौं।
डन्डिफोर– महिलाको शरिरमा बिस बर्ष पार गरेपछि हर्मोन परिवर्तनका कारण डन्डिफोर र छाला रुखो हुने समस्या आउँछ।
तौल बढ्छ– उमेर २० पार छ भने, महिलाको मेटाबोलिजम स्लो हुन्छ। यसकारण तौल बढ्ने समस्या हुनसक्छ।
महिनावारी– हर्मोनमा उतारचढाव हुने भएकाले महिला २० वर्ष काटेपछि महिनावारी सहि समयमा नहुन सक्छ।
कपालमा असर– जो कोहि महिला २० वर्ष पार भएपछि हर्मोन परिवर्तन भएर उनको कपाल रुखो हुनसक्छ।
प्रतिरोधात्मक क्षमता बढ्छ– २० वर्ष कटेपछि हर्मोन परिवर्तन हुने भएकाले महिलाको प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ।
निप्पल पहिलेभन्दा भिन्न देखिने– यस्तो परिवर्तन सबैमा हुन्छ भन्ने छैन, तर धेरैजसो युवतीको निप्पलको आकार र रङमा परिवर्तन आउन सक्छ। यसको आकार ठूलो हुनु साधारण हो, तर निप्पलमा कालो पनि देखिन्छ।