डोल्पा – डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँका स्थानीयवासी झाडापखालको समस्याबाट पिडित बनेका छन्। डोल्पामा चिसोका कारणले आर्थिक अवस्था कमजोर भएका र वृद्धवृद्धा मात्र बस्ने गर्दछन्।
परम्परागत उपचार विधि आम्चीको भरमा हुँदै आइएको जनाइएको छ। डोल्पोबुद्ध गाउँपालिका वडा नं ३ का वडा सदस्य लाप्कातेण्डुप लामाले दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका जानकारी दिए।
उनले स्वास्थ्यकर्मी पठाउन र उपचारको पहल गर्न समेत आग्रह गरे। औषधिको माग मंसिर महिनामै गरे पनि अहिलेसम्म नपाएको स्थानीय तहले बताएका छन्। दैनिक भाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको छ। हिउँले ढाँकेको बस्तीका बिरामीको उपचार गर्न सकस भएको छ।