काठमाडाैं– राप्रपा (संयुक्त) का नेता विष्णु विक्रम थापाले पार्टी परित्याग गरेका छन्। उच्चस्तरीय कार्यासम्पादन समितिका सदस्य समेत रहेका थापाले पार्टी परित्यागको घोषणा गरेका हुन्।
उच्चस्तरीय कार्यसम्पादन समितिका साथै केन्द्रीय सदस्य र साधारण सदस्यबाट समेत थापाले राजीनामा दिएका हुन्। राप्रपा (संयुक्त) परित्यागकाे घाेषणा गरेसँगै उनी अब नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको जनाइएकाे छ। थापाले पार्टी अग्रगमनतर्फ उन्मुख हुन नसकेकाे जनाउँदै पार्टी छाेड्ने निर्णय गरेकाे बताएका छन्।
सिन्धुपाल्चोकका उनले विभिन्न राजनैतिक प्रतिकुलतामा समेत आफूलाई सहयोग गर्ने जिल्लाबासीलगायतका शुभेच्छुकलाई धन्यवाद दिँदै आफ्नो कारणले असहज महसुश भएको भए क्षमाप्राथी रहेको जनाएका छन्।