काठमाडौं– नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्। आज बिहान सभामुखको कार्यकक्षमै पुगेर साइगोले सापकाेटासँग भेटवार्ता गरेका हुन्।
भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले बताए। सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन्।
सापकोटासँग यसअघि भारत र चीनका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन्। सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै दुई देशबिचको सम्बन्ध र सहकार्य अझ बलियो बनाउनुपर्ने जनाए।