एजेन्सी – टेक कम्पनी सामसङले चीनमा भएको आफ्नो आधिकारीक स्टोरहरु केहि समयका लागि बन्द गरेको छ। चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण त्यहाँ रहेको सामसङको सबैभन्दा ठूलो फ्ल्यागशिप स्टोर (दि बण्ड) फरबरी ९ तारिखसम्म बन्द गरिएको हो।
तर स्टोरेले घटनालाई निरन्तर नियालीरहेको र सकेसम्म छिटो भन्दा छिटो संचालन गर्ने अपेक्षा लिएको छ। स्टोरले आफ्ना ग्राहकहरुलाई खरिदको लागि अनलाइन स्टोरहरुमा जान समेत सुझाव दिएको छ।
सांघाईको नानजिङ्ग इस्ट रोडमा अवस्थित रहेको यो स्टोर चीनमा सामसङको पहिलो र सबैभन्दा ठूलो फ्ल्यागशिप एक्सपेरियन्स स्टोर हो। यो स्टोर सन् २०१९ अक्टोबरमा संचालनमा आएको थियो।
यसअघि गुगलले पनि चीनमा भएका आफ्ना सम्पूर्ण कार्यालय केही समयका लागि बन्द गर्ने घोषणा गरेको थियो। गुगलसँगै विश्वका अन्य चर्चित प्रविधि तथा व्यापारिक कम्पनी माइक्रोसफ्ट, अमेजन, एप्पल लगायत चिनियाँ स्मार्टफोन मेकर शाओमीले समेत चीनमा रहेको कयौं स्टोरहरु बन्द गरेको छ।