काठमाडौं– सुन एक दिनमै तोलामा ५ सय रुपैयाँले घटेको छ। सोमबार ७६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियाे।छापावाला सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले घटेर प्रतितोला ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
तेजाबी, सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा करोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।