काठमाडौं– बिहान हिँडडुल गर्ने बानीले हाम्रो शरीर स्वस्थ हुने मात्रै होइन, यसले धेरै रोगहरुको निमुर्ल गर्दछ। अझै हामी बिहान बिहान हरियो घाँसमा खाली खुट्टाले हिड्ने गर्याैं भने, झनै हाम्रो स्वास्थको लागि धेरै नै लाभदायक हुन्छ।
हरियो घाँसमा खालि खुट्टा हिंड्दा हुने फाइदाहरु
मधुमेहका बिरामीलाई– बिहानको समय हिड्नु मधुमेहका रोगीहरुलाई धेरै नै फाइदाजनक हुन्छ। डाक्टरका अनुसार यदि मधुमेह रोगीहरु हरियालीको बीचमा रहेर नियमित गहिरो सास लिँदै खालि खुट्टा टहल्ने गरेमा शरीरमा अक्सिजनको पुर्ति हुन्छ र यो समस्या कम हुन्छ।
एलर्जी र हाच्छिँउबाट राहत– बिहानबिहान ओसिलो घाँसमा हिँड्न धेरै नै राम्रो मानिन्छ। यसो गर्दा पैताला मुनिको कोमल कोषमा जोडिएको तन्त्रिकाहरुले मस्तिष्कसम्म राहत पुर्याउँछन्। घाँसमा केही बेरसम्म बस्नाले एलर्जी र हाच्छिउँ पनि कमी आउँछ।
तनाव कम हुन्छ– बिहान बिहानको समय जति बेरसम्म तपाईं हरियालीको बिचमा रहनुहुन्छ उति आफुले आफैंलाई स्वस्थ र तनावरहित महसुस गर्नुहुन्छ। हरियो घाँसमा खालि खुट्टाले हिड्नाले मांसपेशीहरुको दुखाई कम हुन्छ। साथै निरन्तर यहि काम गर्नाले तपाईको तनाव बिस्तारै बिस्तारै कम हुन्छ।
आँखा तेजिलो बनाँउछ– हरियो घाँसमा खाली खुटुटाले हिंड्नाले आँखाको लागि धेरै नै फाइदाजनक हुन्छ। बिहानको समय ओसिलो घाँसमा खालि खुट्टा हिँड्नाले आँखा तेजिलो हुन्छ। केही दिनसम्म नाङ्गो खुट्टाले हरियो घाँसमा हिँड्नाले तपाईको चश्माको नम्बर कम हुन सक्छ वा चश्मा नै लगाउन नपर्ने पनि हुन सक्छ।