एजेन्सी– दक्षिण कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसङले चाडै नै आफ्नो एक नयाँ फोल्डेवल स्मार्टफोन ‘ग्यालेक्सी जेड फ्लिप’ सार्वजनिक गर्ने भएको छ। लीक भएको एक भिडियो अनुसार ग्यालेक्सी जेड फ्लिप पिंक कलरको रहेकाे छ।
फोल्ड गर्दा यो स्मार्टफोन सानो हुने देखिएको छ भने अनफोल्ड गर्दा यो ग्यालेक्सी सीरीजका स्मार्टफोनको जस्तै लामो हुने देखिन्छ। यस भिडियोलाई कन्स्पेप्ट डिजाइन गर्ने बेन गेसकिंगले शेयर गरेका हुन्।
ग्यालेक्सी जेड फ्लिप सामसङको पहिलेको फोल्डेवल डिस्प्लेयुक्त स्मार्टफोन ग्यालेक्सी फोल्डभन्दा निकै अलग रहेको छ। हालैमा मोटोरोलाले मोटो रेजरलाई रि लन्च गरेको थियो र सामसङको यस स्मार्टफोनमा पनि मोडिने डिस्प्ले रहेको छ।
ग्यालेक्स जेड फ्लिप हेर्नमा मोटो रेजर जस्तै रहेको छ जुन साइडबाट फोल्ड नभई माथिबाट फोल्ड हुने रहेको छ। यसको डिजाइन क्लामशेल रहेको छ र यससँगै यसमा कभर डिस्प्ले पनि रहेको छ। यसमा २२.९ को एस्पेक्ट रेशियो दिईएको छ।
रिर्पोटको अनुसार ग्यालेक्सी जेड फ्लिपमा ६.७ इन्चको एचडिआर प्लस इनफिनिटी फ्ल्येक्स डिस्प्ले दिइएको छ। यसमा पञ्चहोलको प्रयोग फ्रन्ट क्यामराको लागी गरिएको छ। यस स्मार्टफोनमा क्वालकम स्नापड्रयागन ८६६ प्लस प्रोसेसर दिईन सक्ने छ।
यस फोल्डेवल स्मार्टफोनमा ८जीबी र्यामसँगै २५६ जीबी इन्टरनल स्टोरेज हुने अनुमान गरीएको छ। फोटोग्राफीका लागी यसमा १२ मेगापिक्सेलको प्राइमरी क्यामरासँगै १२ मेगापिक्सलको अल्ट्रा वाइड सेन्सर र सेल्फिको लागी १० मेगापिक्सेलको क्यामरा रहने छ।
११ फेब्रुअरीमा आयोजना हुन लागेको अनप्याक्ड इभेन्टमा कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन लन्च गर्ने छ। कम्पनीले ग्यालेक्सी एस २०, एस २० अल्ट्रा शामेल लन्च गर्न लागेको हो। यसैबिच कम्पनीले आफ्नो फोल्डेवल स्मार्टफोन ग्यालेक्सी फ्लिपलाई पनि लन्च गर्न सक्ने अनुमान गरिएको छ।
बेन गेसकिंगले शेयर गरेकाे भिडियाे