काठमाडाैं– चाैथाे संस्करणकाे धनगढी प्रिमियर लिग (डिपिएल) को मिति ८ महिनापछि सरेकाे छ। यसअघि फागुन ३ देखि १५ गते सम्मकाे लागि तय भएकाे डिपिएल अब २०७७ को कात्तिक ८ देखी २२ गते सम्म हुने भएको छ।
आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अनुसार राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय कार्य तालिकाको कारण मिति सारिएकाे हाे। ६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहंदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सिवाइसी अत्तरियाले जितेको थियो।
डिपिएलमा रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरि ६ फ्रेन्चाइज टिमकाे सहभागिता रहने छ।