एजेन्सी– आइसीसी अन्डर–१९ विश्वकपको सेमिफाइनल खेलमा पाकिस्तानलाई १० विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ। पाकिस्तान यु–१९ टिमले दिएको १ सय ७३ रनको लक्ष्य भारत यु–१९ टिमले ३५.२ ओभरमा विना कुनै विकेट गुमाउँदै भेट्टाएको हो।
भारतको जितमा यशस्भी जैसवालले शानदार पारी खेल्दै शतक बनाए। उनले १ सय १३ बलमा ८ चौका र ४ छक्काको मद्धतमा १ सय रन बनाएका हुन् भने दिव्यांश सक्सेनाले ९९ बलमा ५९ रन बनाए।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४३.१ ओभरमा अल आउट हुँदै १ सय ७२ रन बनाएको थियो। उसको लागि रोहल नाजिरले ६२ रन तथा हैदर अलीले ५६ रन बनाए भने मोहम्मद हरिसले २१ रन बनाए।
पाकस्तानकाे लागि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। भारतको बलिङमा शुसान्त मिश्रले ३ विकेट तथा कार्तिक त्यागी र रभि विस्नोइले समान २–२ विकेट लिएका थिए।