काठमाडौं– सरकारले अर्बौं लगानी गरेर प्राविधिक शिक्षा र व्यावसायिक तालिम सञ्चालन गरे पनि कोटाअनुसार विद्यार्थी नै भर्ना नहुने गरेको पाइरहेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि ६८ प्रतिशतमात्र भर्ना हुने गरेको पाइएको हो।
सीटीईभीटीमार्फत सञ्चालन हुने प्राविधिक एसएलसी र डिप्लोमा तहका विभिन्न शैक्षिक कार्यक्रममा ३२ प्रतिशत अर्थात् २४ हजार कोटामा भर्ना आवेदन नै नपर्ने गरेको देखिन्छ। एसएलसी तहका ९ सय कार्यक्रममा ३५ हजार र डिप्लोमा तहमा ९३८ कार्यक्रममा ३८ हजार ९७६ भर्ना क्षमता रहेको छ। यी दुवै तहमा गरेर २४ हजार कोटामा भर्ना आवेदन नै आउँदैन।
नेपालमा प्राविधिक क्षेत्रमा कार्यरत मध्यमस्तरको जनशक्तिमध्ये ७० प्रतिशत अर्थात् २५ लाख तालिमविहीन भइरहेको अवस्थामा माग अनुसार भर्ना आवेदन नआउने सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले जानकारी दिए। आजको कारोबार दैनिकमा समाचार छ।