काठमाडौं– बहुउपयोगी र स्वास्थ्य बर्दक हरियो मकै प्रायः बाह्रै मास पाईन्छ। सिजनमा हरियो मकै पोलेर खान सकिन्छ भन, अपसिजनमा यसलाई भुटेर पनि खान सकिन्छ। मकै यस्तो खाद्य पदार्थ हो, जुन मानिसको स्वास्थ्यलाई निकै फाइदा र्पुयाउँने काम गर्दछ।
यसमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ। शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रो, शरिरको तौल घट्नुका साथै अन्य रोगको निराकरणका लागि मकैले फाइदा पुग्ने पोषण विदहरु बताउँछन। मकैमा हुने फाइबरको मात्राले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ। यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायता पनि गर्दछ।
मकै खाएमा क्यान्सरको जोखिम कमः
मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वका कारण क्यान्सरको जोखिम साथै यसले फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ। यसमा हुने फेरुलिक एसिड, स्तन र कलेजोको ट्युमरको आकारलाई पनि कम गर्नमा सहयोग गर्दछ।
छालालाई चम्किलो बनाउँछः
छालालाई चम्किलो बनाउनका लागि पनि मकैको सेवन गर्दा लाभदायक हुन्छ। जस्ले गर्दा छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ। वास्तवमा मकैमा भिटामिन ए र सी राम्रो मात्रामा पाइन्छ। यसका साथै एन्टी–अक्सिडेन्ट फ्री र्डिकलबाट बचाएर अनुहारमा चाउरीपन हुन दिँदैन।
शरिरमा स्फूर्तीः
यदि तपाईंलाई अल्छी लाग्छ र शरिरमा ऊर्जा छैन भन्ने अनुभूति हुन्छ भने मकै सेवन उपयोगी हुन्छ। मकैमा कार्बोहाइड्रेट हुन्छ जसले शरिरलाई ऊर्जावान् राख्छ। यो खाँदा पेट चाँडै नै भरिन्छ र तपाईंलाई धेरैबेरसम्म ऊर्जावान् राख्दछ। यसले शरिरमा स्फूर्ति ल्याउँछ।
आँखाको लागि फाइदाजनकः
मकैमा बिटा–क्यारोटिन र भिटामिन ए पनि हुन्छ। जसले आँखाको लागि महत्वपुर्ण काम गर्छ। यसले आँखाको समस्यालाई कम गरेर, ज्योती बढाउँछ। यसका साथै बढ्दो उमेरसँगै हुने रतन्धो लगायतका सम्भावनालाई टारिदिन्छ।
मकै खाएमा हड्डीलाई मजबुत बनाउँछः
हड्डीलाई बलियो बनाउनका लागि दुध मात्र होईन, मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले पनि हड्डीलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ। यसका साथै यसले बाथ रोगको सम्भावना पनि कम गर्दछ।