काठमाडौं – रुघा लाग्ने, बन्द हुने र यसैका कारण टाउको दुख्ने यी नाकका सामान्य समस्या हुन्। लामो समयसम्म रुघा लागिरहने, सिंगान बग्ने वा रगत आउने र श्वासप्रश्वासमै वाधा पुग्नेजस्ता समस्या देखिए सचेत हुनैपर्छ। नाकमा मासुको डल्ला आउने र विभिन्न कारणले गर्दा ठूलो भई यसले समस्या उत्पन्न गरेको हुन्छ। साथै नाकमा इन्फेक्सन भई रगत आउनेजस्ता समस्या देखिन्छ।
यसकाे समस्या
मानिसकाे नाक बांगो हुने, आकृति नै परिवर्तन भई थेप्चो हुने जस्ता समस्या हुन्छ। नाकमा ट्युमर पलाएर नाक बाहिरबाट नै बांगो देखिन्छ। केहीमा यो समस्या जन्मजात हुन्छ। आमाको गर्भ रहँदा नै विभिन्न कारणले नाक बांगो भएको हुन्छ। कतिपयमा भने सानो हुँदा लडेका कारण नाकमा चोट लागेर यस्तो हुनसक्छ।
यसको समाधान
शल्यक्रिया बांगिएको हड्डी शल्यक्रियाको माध्यमबाट सोझ्याउन सकिन्छ। यसपछि बिरामीले सहज रूपमा श्वास फेर्न सक्छन्। यो शल्यक्रिया सहज र सरल तरिकाले गरिन्छ।
नाक बांगो हुँदैमा सबैलाई शल्यक्रिया गर्नुपर्छ भन्ने हुँदैन। नाकको हड्डी बांगो भएका कारण श्वास फेर्न अवरोध भए विशेषज्ञ चिकित्सककहाँ पुगेर परामर्श लिनुपर्छ।