एजेन्सी – बालबालिकाको शरीरमा तरल पदार्थको मात्रा झण्डै ७५ प्रतिशत हुन्छ। शरीरमा रहेका कोषहरूले काम गर्नका लागि तरल पदार्थकै भर परेका हुन्छन्। त्यसैले बालबालिकालगायत सबैको स्वास्थ्यमा तरल पदार्थको मात्रा र प्रकारको असर रहन्छ।
उमेर र लिंगका आधारमा तथा मौसम र शारीरिक गतिविधिका आधारमा यसको निर्धारण गर्न सकिन्छ। सामान्य रूपमा ४ देखि १३ वर्षसम्मका बालबालिकाले एक दिनमा ६–८ ग्लास तरल पदार्थ पिउनु पर्छ।
कुन उमेरकाले कति पानी पिउने
१. ४–८ वर्षका बालबालिकाः दिनको १.१ देखि १.३ लिटर
२. ९–१३ वर्षसम्मका बालिकाः दिनको १.३ देखि १.५ लिटर
३. ९–१३ वर्षसम्मका बालकः १.५ देखि १.७ लिटर
फलफूलमा९० प्रतिशतसम्म पानीको मात्रा हुन्छ। पानीसँगै हामीले खाने विभिन्न प्रकारका अरु पेय पदार्थ, खाद्यान्न तथा फलफूलमा पनि पानीको मात्रा हुन्छ। शरीरमा तरल पदार्थको मात्रा बढाउन सहयोग गर्छ।