काठमाडौं– आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ। नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।
नेपाले ओमानविरुद्ध राम्रो बलिङ गर्दै ३ विकेट लिइसकेकाे छ। नेपालकाे लागि करण केसीले दुई विकेट लिएका हुन् भने ओमानका एक व्याट्सम्यान रन आउट भएका छन्। तेस्रो विकेटका रुपमा १३ औं ओभरमा अकिब इलयास रन आउट भएका हुन्।
करणले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई बोल्ड आउट गराएका करणले सातौं ओभरको चौथो बलमा खवार अलिलाई ब्याच आउट गराएका हुन्। १५ ओभर सकिँदा ओमानको स्कोर ४४ रन छ।