काठमाडौं– लेजर भनेको एक प्रकारको विकिकरण हो। यो प्रविध अल्बर्ट आइन्सटाइनले विकास गरेका हुन्। यो अंगलाई सेकाएर उपचार गरिन्छ। शरीरका कुनै पनि अंगमा रोग लाग्नु भनेको त्यो अंगका कोषिकाहरू अशक्त हुनु हो।
हाम्रो शरीर थुप्रै अंगहरू मिलेर बनेको हुन्छ। कोषिकाहरू अशक्त भन्नाले सुन्निनु, रक्त सञ्चालन कम हुनु, अक्सिजन र खाद्य पदार्थको कमी हुनु र संक्रमण हुनु तथा चोट लाग्नु हो। लेजर थेरापीमा लेजर मेसिनबाट निस्केको विकिरणलाई धेरै गुणा बढाएर एकै ठाउँमा पर्ने गरी गहिराइसम्म सेक्ने काम गर्छ, जसले गर्दा दुखाई कम हुन्छ।
लेजर थेरापीबाट उपचार गर्न सकिने रोगहरु
मुटु, फोक्सो, हाडजोर्नी, पेट, आन्द्रा, नसा, पिसाब र मूत्रनली, स्त्री, नाक, कान,घाँटी र अन्य छालासम्बन्धी रोगहरुको पनि उपचार गर्न सकिन्छ।
लामो समयसम्म कडा औषधिको प्रयोगले पेट र मिर्गाैलामा खराब गर्न सक्छ र उपचार गर्दा गर्दै रोग बिग्रिन सक्छ। लेजर थेरापीबाट शुरू उपचार गरेमा यी खराबीबाट बच्न सकिन्छ र रोग पूर्णरूपमा निको हुन्छ।