एजेन्सी – जाडोमा घाम प्यारो हुन्छ। शरीरबाट चिसो भगाउनलाई मात्र नभई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ। जाडोको घाम औषधि पनि हो।
घाम ताप्नुका फाइदाहरुः
१. घाममा बस्दा तत्काल हुने सबैभन्दा ठूलो फाइदा शरीरलाई चिसोबाट बचाएर न्यानो प्रदान गर्ने हो।
२. शरीरमा रगत जम्ने प्रक्रियालाई सूर्यको न्यानो प्रकाशले रोक्छ। जाडोको घामको न्यानोले मुटु रोगीलाई समेत राहत प्रदान गर्दछ।
३. घाममा बस्दा शरीरले भिटामिन डी ग्रहण गर्छ। यसले हड्डी मजबुत बनाउन सहयोग गर्छ। चिसोको कारणले हुने शारिरिक दुखाईमा पनि राहत प्रदान गर्छ।
४. शरीरमा हुने विभिन्न प्रकारका फंगल संक्रमणले निकै दुख दिइरहेको हुन्छ। घामले किटाणुको संक्रमबाट पनि बचाउँछ।
५. घाम ताप्दा तनावमुक्त हुन पनि सहयोग पुग्छ। निद्रा नपर्ने समस्या भएकाहरूलाई राहत मिल्छ।