काठमाडौं– आइसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरीजको पहिलो खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै रन बनायो।
ओमानको लागि मोहम्मद नादिमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६९ रन बनाए। उनले ९६ बलमा ५ चौका र २ छक्काको मद्धतमा ६९ रन बनाएका हुन्। त्यस्तै सन्दीप गौडले ३३ रन, नसिम खुसीले २८ रन बनाउँदा कप्तान जिशन मक्सुद २० रनमा एलबीडब्लुको धरापमा परेका थिए।
ओमानविरुद्ध शुरूमा नेपाली बलरहरु हाबी भए पनि ओमानले अन्तिमतिर सम्हालिएकाे प्रदर्शन गर्याे। नेपालको लागि आक्रामक बलिङ गरेका करण केशीले ९ ओभरमा ४७ रन दिँदै ४ विकेट लिए भने शुसन भारीले १० ओभरमा १४ रन दिँदै ३ विकेट लिए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए। नेपालले अब जवाफि ब्याटिङ गर्दैछ।