एजेन्सी– हामीलाई यस्तो कुरा सुन्दा अच्चम लाग्न सक्छ तर विश्वमा यस्तो ठाँउ छ जहाँ कलिला किशोरीहरु मात्रै ३५ रुपैयाँमा आफ्नो शरीर बेच्न बाध्य भइरहेछन्। दक्षिणी अफ्रिकाको कैयौं क्षेत्रमा किशोरीहरु चरम भोकमरीबाट पीडित भएकाे कारण यस्ताे काम गर्न बाध्य भएका हुन्।
यी किशोरीहरुले धेरै राम्रो मूल्य पाएको खण्डमा पनि मात्रै १ सय १५ रुपैयाँ मात्रै पाउँछन्। रोयटर्सको रिपोर्ट अनुसार मानवीय आधारमा मानिसहरुलाई सहायता पुर्याउने संस्था वर्ल्ड भिजनले भनेको छ, ‘भोकबाट ज्यान बचाउन अंगोलामा मात्रै १२ वर्षका किशोरीहरु करिब ४५ रुपैयाँमा देह व्यापार गरिरहेका छन्।’
दक्षिणी अफ्रिकामा करिब साढे ४ करोड मानिसहरु भोकमरीको समस्या झेलिरहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ। खडेरी, बाढी र आर्थिक अवस्थाका कारण उनीहरुले यस्तो समस्या झेल्नु परिरहेको छ।
वर्ल्ड भिजनले अंगोला र जिम्बाबेमा देह व्यापार गर्ने किशोरीहरुको संख्या बढिरहेको बताएको छ। यहाँ संकटका कारण बाल विवाहको खतरा पनि बढिरहेको छ। अंगोलामा वर्ल्ड भिजनका इमरजेन्सीज डाइरेक्टर रोबर्ट बुल्टनले भने, ‘हुन सक्छ कि यहाँ एक किशोरीले यौनको लागि १ सय १५ रुपैयाँ (स्थानीय मुद्रामा ५०० क्वान्जा) पाउन सक्छिन् वा ४५ रुपैयाँ (२०० क्वान्जा) मात्रै पनि पाउन सक्छिन्।’ क्वान्जा निकै सस्तो मुद्रा हो। १० क्वान्जा बराबर नेपाली २ रुपैयाँ २९ पैसा मात्र हुन्छ।
रोबर्टका अनुसार बितेको एक वर्षमा अंगोलामा कैयौं अन्नको मूल्य दोब्बर भएको छ जसका कारण मानिसहरुलाई अन्न किन्नै मुस्किल भएको छ। अर्को अन्न भित्र्याउने समय जुनभन्दा पहिले हुँदैन त्यसैले अझै खराब परिस्थिति आउन सक्छ। केयर इन्टरनेशनल नामक संस्थाले जिम्बाबेमा पनि १४ वर्षसम्मका किशोरीहरु देह व्यापार गरिरहेका छन्।
संस्थाकी क्षेत्रीय लैंगिक एक्सपर्ट एभरजोय महुकले भने, ‘कैयौं पटक यी किशोरीहरुले मात्रै ३५ रुपैयाँ (१५० क्वान्जा) मात्रै पाउँछन्।’ एक्सन एडका क्षेत्रीय सल्लाहकार चिकोन्डी चबवुताले भने, ‘मलावी र मोजाम्बिकमा पनि किशोरी र महिलाहरुले बाध्य भएर देह व्यापार गर्नु परिरहेको छ।’
अफ्रिकाका केही भागमा १९८१ पछि अहिलेसम्मकै सबैभन्दा कम वर्षा भएको छ। संयुक्त राष्ट्रसंघले यसको पछाडि जलवायु परिवर्तनलाई कारक मानेको छ। जाम्बिया, मदागास्कर, नामिबिया, लेसोथो र इस्वातिनी जस्ता अफ्रिकी देश पनि यसबाट प्रभावित भएका छन्।