काठमाडौं — वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ। केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको ७२ वर्षको उमेरमा निधन भएको हो। उनको मनमोहन कार्डियोथेरासिक भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा उपचारका क्रममा आज निधन भएको हो।
उनी नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्येका एक चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता मध्येका एक हुन्।
शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो।