एजेन्सी– विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस झनै धनी भएका छन्। अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतले शुक्रबार उनको सम्पत्तिमा थप आठ अर्ब डलर जोडे।
अघिल्लो दिन १८७० अमेरिकी डलरमा कारोबार बन्द भएको उनको कम्पनीको शेयर शुक्रबार बढेर २ हजार डलरमा कारोबार बन्द भएको थियो।
कम्पनीको शेयरमा भएको ७ प्रतिशतको वृद्धिले बेजोसको सम्पत्ति ८ अर्बले बढ्यो। शुक्रबारको कारोबारपछि कम्पनी छोटो समयको लागि एक ट्रिलियन डलर९दश खर्ब डलर०भन्दा बढी मुल्याकंन भएको कम्पनीमा समावेश भएको थियो ।
बेजोसको अधिकाशं सम्पति अमेजनको शेयर मुल्यसँग गासिएको छ। उनीसँग अमेजनको ५ करोड ७५ लाख शेयर छ जुन कम्पनीको कुल शेयरको १२ प्रतिशत हो। शेयरको मुल्य वृद्धिपछि अमेजनका मालिकको कुल सम्पती १ खर्ब १५ अर्ब अमेरिकी डलर पुगेको छ।
बेजोस र उनकी श्रीमती म्याक्केन्जी बेजोसले अघिल्लो जनवरी सम्बन्ध विच्छेद घोषणा गरेका थिए। तिनको सम्बन्ध विच्छेद टुङ्गो लगाउदाँ म्याक्केन्जी बेजोसले दुई जोडीको कुल अमेजन स्कटमध्ये २५ प्रतिशत पाएकी थिइन्, जुन समग्र कम्पनीको ४ प्रतिशत हुन्छ।