काठमाडौं – मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गरेको छ।
मानव अधिकारवादी नेता पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैंक खातामा रहने रकम समाजमा हस्तान्तरण हुने घोषणा गरेको सभापति उत्तम पुडासैनीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सन्ताउन्न वर्षीय पहाडीले आफूले लेखेका पुस्तकबाट प्राप्त हुने रोयल्टीलगायत रकम पनि शान्ति समाजको हुने घोषणा गरेको छ। नागरिक आन्दोलनका अगुवासमेत रहेका पहाडीका नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा गरी २९ पुस्तक प्रकाशित भएका छन्।
यी पुस्तक बिक्रीबाट प्राप्त रकमसमेत उहाँले समाजकै क्रियाकलाप सञ्चालनका लागि दिएको थियो। (रासस)