काठमाडाैं– सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले १६ औं वर्ष पुरा गरेको अवसरमा बुधबार विभिन्न प्याकेज सार्वजनिक गरेको छ। टेलिकमले ग्राहकलाई ध्यानमा राखेर अहिलेसम्मकै ठुलो डेटा प्याक सार्वजनिक गरेको हाे।
जसअन्तर्गत ३ हजार रुपैयाँमा ६ महिनासम्म प्रयोग गर्न पाइने ६० जीबी डेटा प्याक उपलब्ध रहेकाे छ। त्यसैगरी ‘पोष्टपेड’ प्रयोगकर्ताले तीनसय रुपैयाँमा ३० दिनको लागि मान्य हुने ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डेटा पाउने टेलिकमले बताएको छ।
बिहान ६ बजेदेखी बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने २ सय एमबी डेटा प्याकको सुविधा पनि कम्पनीले आफ्ना ग्राहकका लागि घोषणा गरेको छ। जसको मूल्य १५ रुपैयाँ मात्र छ।
त्यस्तै कम्पनीले मोबाइल रिचार्जमा पनि अफर ल्याएको छ। जसमा दुईसय वा दुईसय भन्दा माथिको रिचार्जमा दुईसय एमबी डेटा निशुल्क प्राप्त गर्न सकिने छ। साथै पाँच सय वा साे भन्दा माथि ९ सय ९९ सम्मको रिचार्जमा पाँच सय एमबी डेटा निशुल्क प्रदान गरिन कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार हजार भन्दा माथिको रिचार्जमा हजार एमबी डेटा निशुल्क प्रदान गरिने छ। रिचार्ज गर्दा बोनस पाइने योजना माघ २२ देखि माघ २४ सम्म मात्र चल्ने छ। भने अन्य अफरहरु आगामी चैत ३० गते सम्म चल्नेछन्।