काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षभित्र सीडीएमए सेवा बन्द गर्ने भएकाे छ।
कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको १६ औं वार्षिकोत्सव समारोहमा बोल्दै साे सेवा बन्द गर्ने विषयमा जानकारी दिएका हुन्।
फोरजी सेवाको विस्तारसँगै सीडीएमए प्रयोगकर्तालाई क्रमशः फोरजीमा रुपान्तरण गरेर यो सेवा बन्द गर्ने टेलिकमको याेजना रहेकाे उनले बताए।
कम्पनीले सीडीएमए सेवा बन्द गर्दा वायरलेस सेवामा एकरुपता आउने र स्पेक्ट्रमको बचत हुनेछ। विश्वभरी नै यो सेवा क्रमशः बन्द हुदैँ गईरहेको अवस्थामा कम्पनीले यो सेवालाई फोरजीमा रुपान्तरण गरी बन्द गर्न लागेको हो।