एजेन्सी– अमेरिकाको सबैभन्दा ठूलो फुटबल लिग ‘सुपर बउल’ एकपटक फेरि सुरु भइसकेको छ। यस वर्षको लिगको हाफटाइम शोमा हलिउडका दुई गायिका शकिरा र जेनिफर लोपेजले प्रस्तुती दिए।
यो यी दुईले एकसाथ प्रस्तुती दिएको पहिलो शो हो। फेब्रुअरी २ शकिराको जन्मदिन र यो दिन उनको बाल्यकालदेखिको सपना पूरा भएको छ। सुपर बउल शोमा प्रस्तुती दिने शकिराको सपना थियो जुन उनको ४२ औं जन्मदिनको दिन पूरा भएको छ।
शोमा रुबी रेड आउटफिटमा आएकी शकिराले सबैलाई स्वागत गरिन्। उनले आफ्नो सबैभन्दा चर्चित गीत ‘हिप्स डोन्ट लाइ’ गाइन्। जेनिफर सिल्भर ह्वाइट आउटफिटमा देखिइन्। जेनिफरले पोल डान्स पनि गरिन्।
यो शोमा शकिरा र जेनिफरसँगै जेनिफरकी छोरी इम्मी मारिबेल मुनिजले पनि प्रस्तुती दिइन्। यी आमाछोरीले पोटोग्रफिको झण्डाको अगाडि प्रस्तुती दिएका थिए। उनीहरुको प्रस्तुतीका लागि हलिउडका ठूला–ठूला हस्तीहरुले बधाइ दिएका छन् र ट्वीटरमा सुपर बउल हाफ टाइम शो ट्रेण्डिङमा छ।