एजेन्सी – निदाएका वेला श्वास फेर्दा निस्कने आवाजलाई घुर्नु भनिन्छ । घुर्ने बानी थाहा हुँदैन तर यसले एउटै कोठामा सुत्नेहरुको निन्द्रामा बाधा पुर्याइरहेको हुन्छ। यो समस्या श्वासनलीमा अवरोधका कारण देखिन्छ।
यसका लक्षण
– श्वास अड्किएको जस्तो हुने।
– बिहान उठ्दा पनि फ्रेस अनुभव नहुने।
– गाडी चढ्ने बित्तिकै निद्रा लाग्ने।
– कुनै कार्यक्रमा बस्दा पनि धेरै हाई आउने वा निदाउने।
– दिनभर नै थकान महसुस हुने।
कारणहरू
– काम गर्ने समयको अभाब।
– कसैलाई जन्मदैमा नाक, घाँटीमा विभिन्न समस्या छ भने श्वासप्रश्वासको समस्या हुने गर्दछ। त्यसले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्ने हुन्छ।
– युवा अवस्थामा पनि बच्चामा बढ्ने टन्सिल एडिन्यन्स ठूलो भई घुर्ने समस्या हुन्छ।
– बुढेसकालमा जिब्रो नरम हुने भएकाले सुतेको बेलामा जिब्रो दोब्रिने गर्दछ, त्यसले गर्दा पनि घुर्ने समस्या हुने गर्दछ।
– श्वासनलीमा चोट लाग्दा भित्र सुनिन्छ र सुत्ने बेलामा श्वासमा अवरोध भएर घुर्ने समस्या हुन्छ।
यसले निम्त्याउने जोखिम
– घुर्ने समस्या भएकाहरु चिढचिढ स्वभावका, डाह गर्ने, छिट्टै रिसाउने, उपलब्धिबाट सन्तोष लिन नसक्ने, चाँडै निराश भईहाल्ने र चञ्चले स्वभावका हुन्छन्।
– यो रोगबाट ग्रस्त भएकाहरुमा एकाग्र हुन नसक्ने, लय, ध्यान, स्मृति तथा कल्पनाशिलतामा कम हुन्छ।
– हर्मोनहरू तलमाथि हुँदा र मेटाबोलिक गडबडी हुँदा तौल बढ्छ।
– निद्रा पूरा हुन नपाउँदा दिउँसो निद्राले सताउँछ। जीउ गल्ने अल्छी लाग्ने हुन्छ।
– फोक्सो तथा श्वास नलीको घरी घरी संक्रमण हुन्छ।
– स्मरणशक्ति हराउने हुन्छ ।
– मुटुको चालमा समस्या आउछ।
– हृदयघातको सम्भावना हुन्छ।
– एन्जाईटी बढ्छ।
उपचार तथा ध्यानदिने कुरा
– आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने
– मोटोपन घटाउने, शारीरिक कसरत गर्ने,
– धूमपान र मध्यपान नगर्ने।
– नियमित व्यायाम गर्ने। कम्तिमा ३० मिनेट हिँड्ने
– सुत्ने कोठामा टीभी नराख्ने,
– सुत्ने र उठ्ने एउटै तालिका बनाउने,
–पोजेटिभ एयरवय प्रेसरको माध्यमबाट पनि घुर्ने समस्यालाई नियन्त्रण गर्न सकिन्छ। मुखमा राख्ने मेसिन हुन्छ त्यो रातमा मुखमा लगथाएर सुत्ने हो। जुन मुखमा राखेपछि श्वास फेर्न सजिलो हुन्छ र घुर्ने समस्याको समाधान हुन्छ।