काठमाडौं – राम्रो स्वास्थ्य र सुन्दरताको लागि जसरी हामीलाई पोषक तत्व आवश्यक हुन्छ। त्यसरी नै निन्द्राको महत्व पनि स्वास्थ्य सँग जाडिएर आउछ। निक जीवन यापनकै सहजताको लागि पनि निन्द्रा धेरै उपयोगी हुन्छ।
यदी शरिरको लागि लामो उमेर चाहिन्छ भने हरेक मानिसको लागि दिनको कम्तिमा पनि सात घण्टा सुत्न आवश्यक हुन्छ । तर, यसको लागि कुनै सामान्य नियम भने छैन। आजभाेलि धेरै काम र ब्यस्त जीवनको कारणले मानिसहरु सुत्न पनि नभ्याउने भएका छन् ।
कसलाई कति निन्द्रा आवश्यक
१. सात वर्षदेखि १३ वर्षसम्मका भन्दा ठूला बच्चाहरूका लागि ९ देखि ११ घण्टा सुत्न आवश्यक छ।
२. साना बच्चाहरूलाई दिनमा १२ देखि १५ घण्टा निन्द्रा आवश्यक हुन्छ।
३. यसैगरी १४ देखि १९ वर्षका किशोरहरूलाई ८ देखि १० घण्टा निदाउन राम्रो हुने चिकित्सकहरू बताउँछन्।
४. मानिसहरूका लागि ६ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ। ६ घण्टाभन्दा कम सुत्नाले स्वास्थ्यमा नराम्रो असर गर्छ।
५. ६० वर्ष भन्दा धेरै उमेरका मानिसका लागि सामान्य भन्दा बढी सुत्न आवश्यक हुन्छ।
६. थकान वा मानसिक तनाव टाढा गर्न १० देखि १२ घण्टा निदाउन सकिन्छ।