एजेन्सी– स्टाफ क्यान्टिनबाट स्यान्डविच चोरी गरेको आरोपमा एक उच्च बैंकरलाई कम्पनीले निलम्बित गरेको छ । युरोप, मध्य पूर्व र अफ्रिकाका लागि सिटी ग्रुपको उच्च ब्राण्ड ट्रेडिगको प्रमुखको रुपमा काम गर्ने पारश साहलाई निलम्बन गरिएको हो।
क्यान्टिनबाट स्यान्डविच चोरी गरेको आरोपमा उनलाई उक्त्त पदबाट हटाइएको हो। ३१ वर्षीय पारस साहको वार्षिक आम्दानी १४ करोड ८९ लाख १४ हजारभन्दा बढी थियो।
डेली मेलको रिर्पोट अनुसार, बैंकिङ कम्पनी सिटी ग्रुपले पारस साहविरुद्ध कारवाही गरेको हो। कहिले र कति पटक पारसले क्यान्टिनबाट खाना चोरेको हो भने स्पष्ट भएको छैन। उनलाई कम्पनीबाट निलम्बित गरिएको छ।
‘मलाई स्यान्डविच धेरै मनपर्छ,’ पारसले भने। उनी यूरोपको सबैभन्दा ठूला क्रेडिट व्यापारीमध्ये एक हुन्। उनी सिटी बैंकका एक वरिष्ठ अधिकारी पनि हुन्। त्यस पदमा रहने अधिकारीले १४ करोडभन्दा बढी तलब लिने गर्छन्।