एजेन्सी– जापनको क्रुज जहाजमा सवार १० जनामा कोरोनाको संक्रमण भएको पाइएको हो। जापानीको योकोहामा बन्दरगाहमा गरिएको कोरोना परीक्षणमा १० जनालाई संक्रमण भएको पाइएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
डाइमन्ड प्रिन्सेसमा सवार ३७ सय यात्रुमध्ये अहिलेसम्म तीन सय जनाको कोरोना परीक्षण गरिएको बीबीसीले जनाएको छ। कोरोना परीक्षण जारी रहेकाले संक्रमितको संख्या बढ्न सक्ने बताइएको छ।
गत साता उक्त पानीजहाजमा सवार ८० वर्षीय एक हङकङबासी जहाजमै बिरामी भएपछि कोरोना जाँच सुरु गरिएको थियो। संक्रमित भेटिएका १० जना ५० वर्षभन्दा माथिका रहेको जापानी सञ्चारमाध्यम एनएचकेले उल्लेख गरेको छ। जसमा चार जना ५० वर्षका, चारजना ६० वर्षका, एक-एकजना ७० र ८० वर्षका भएको बताइएको छ। जसमध्ये दुईजना जापानी भएको बताइएको छ।
जापानी स्वास्थ्यमन्त्री काटसुनोबु काटोले २७३ जनामा ३० जनामा संक्रमण भएको बताएका छन्। बुधबार ब्रफिङका क्रममा उनले भने, संक्रमण भेटिएकाहरुलाई हामीले उपचारका लागि विभिन्न अस्पताल पठाएका छौं।
चीनमा अहिलेसम्म २४ हजार तीन सयमा कोरोनाको संक्रमण भएको पाइएको छ भने ज्यान गुमाउनेको संख्या ४९० पुगेको छ। चीन बाहिर हङकङ र फिलिपिन्समा एक-एकजनाको मृत्यु भएको छ।
उक्त पानीजहाजमा सवार सबैलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको छ। बीबीसी