काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त विधेयक पारित गरियोस् भनी गरेकाे प्रस्ताव बैठकले सर्वसम्मतिबाट पारित गरेको हो।
यसअघि मन्त्री भट्टले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेको थियो। सो विधेयकमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिएन्। (रासस)