एजेन्सी– भारतविरुद्धको एकदिवसीय सिरीजको पहिलो खेलमा न्युजिल्याण्ड विजयी भएको छ। बुधबार भएकोल खेलमा न्युजिल्याण्डले भारतलाई ४ विकेटले हराएको हो। भारतले दिएको ३ सय ४८ रनको लक्ष्य न्युजिल्याण्डले ४८.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो।
न्युजिल्याण्डको लागि रोस टेलरले शानदार प्रदर्शन गर्दै रन बनाए। त्यस्तै हेनरी निकोल्सले ७८ रनको योगदान दिँदा टोम लाथमले ६९ रन बनाए। भारतको बलिङमा कुलदिप यादवले २ विकेट तथा मोहम्मद शामी र शर्दुल ठाकुरले समान एक एक विके लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। उसको लागि श्रेयर लेयरले १ सय ३ रन, केएल राहुलले ८८ रन तथा कप्तान विराट कोहलीले ५१ रन बनाएका थिए। न्युजिल्याण्डको बलिङमा टिम सोथीले २ विकेट लिएका थिए।