एजेन्सी – जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाको सहायक कम्पनी इन्डिया यामाहा मोटर्सले आफ्नो नयाँ यामाहा एफजेड २५ सार्वजनिक गर्ने भएकाे छ। कम्पनीले नयाँ स्कुटर सार्वजनिक गर्ने कार्यक्रममा उक्त मोटरसाइकल प्रदर्शन गरेको हो। यस्तै यामाहा एफजेड २५ को बीएस ६ भर्सन भने अप्रिलमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसार नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको हो। कम्पनीले एफजेड २५ मा केहि परिर्वतन समेत गरेर ल्याएको छ। कम्पनीले एफजेड २५ मा केहि परिर्वतन समेत गरेर ल्याएको छ। यसमा नयाँ एलसीडी इन्स्ट्रुमेन्ट कल्सटर, साइड स्यान्ड सेन्सर, नयाँ एलइडी डीआरएल तथा डबल च्यानल एबीएस थप गरेको हो। साथै यसको फ्रनटमा रेगुलर टेलिस्कोपि सस्पेन्सन र रियरमा मोनोशक जस्ता नयाँ फिचर समेत थप गरेको छ।
यसका अलावा कम्पनीले यसमा बीआइ हेडलाइट जडान गरिएको छ भने फ्यूल ट्याङकको डिजाइनमा सामान्य परिर्वतन गरिएको छ। यस्तै रियर प्यानलमा समेत परिर्वतन देखिएको भने फ्रन्टमा सानो भाइजर थप गरेको छ। कम्पनीले यो मोटरसाइकललाई थप दुई नयाँ कलरमा समेत सार्वजनिक गर्ने भएको हो।
कम्पनीले यसको मेकानिकल पार्टमा भने कुनै परिर्वतन गरेको छैन। यसमा २४९ सीसी एयर कुल्ड, सिगंल सिलिन्डर एफआई इन्जिन रहेको छ। बीएस ६ भर्सन एफजेड २५ ले बीएस४ मोडलले भन्दा ०.१ मात्रै कम पावर जेनेरेट गर्छ। यसले २०.८ हर्सपावर तथा २०.१ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले बीएस६ भर्सनमा समेत ५ स्पीडको गियरबक्सलाई जारी राखेको छ। यसरी यो मोटरसाइकलको मूल्य हालको मूल्य भन्दा १० हजार मूल्य बढ्ने अनुमान गरिएको छ।