काठमाडौं– नोकिया मोबाइलको नेपालका लागि आधिकारिक वितरक टेलिटक प्रालिले नेपाली बजारमा लो रेन्जको स्मार्टफोन ‘सी वान’ सार्वजनिक गरेको छ।
एक जीर्बी याम र १६ जीबी स्टोरेज रहेको याे फोनमा समान पाँच मेगापिक्सेलको फ्रन्ट र ब्याक क्यामरा रहेको छ। एन्ड्रोइड ९ पाईं गो संस्करणमा आधारित फोनमा मिडिया टेक हेलियो ए २२ चीपसेट प्रयोग गरिएको छ। २५ सय एमएएच ब्याट्री रहेको यो फोनमा दई ओटा सीम कार्ड लाग्छ।
थ्रीजी सपोर्ट गर्ने नोकिया सी वानमा एफएम रेडियो र वाइफाई लगायतका सुविधा छन्। साथै कम्पनीले नोकियाको बार फोनहरुमा पनि ३ सय ६५ दिनको ग्यारेन्टी सुविधा दिइरहेको छ।
गुणस्तरीय, बलियो र आकर्षक हुने भएकाले नोकियाका फोनहरु ग्राहको रोजाइमा पर्दै आएका छन्। ३ सय ६५ दिनको रिप्लेसमेन्ट सुविधा भएको यो स्मार्टफानको बजार मुल्य ६ हजार चार सय ९९ रुपैयाँ रहेको छ।