उदयपुर– उदयपुरको कटारी नगरपालिका-४ तल्लो कटारी बस्ने ३२ वर्षीय चन्द्र दनुवारले आफ्नै शरीरमा आगो लगाएका छन्।
मंगलबार राति १० बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाइते भएका छन्।
घाइते भएका दनुवारको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।