काठमाडौं - नेपाली काँग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का पार्टीको तर्फबाट निर्वा्चित वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
काँग्रेसले आज एक विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको यथार्थ छानबिन र अनुसन्धान गरी दोषीमाथि आवश्यक कानूनी कारवाही गर्न सरकारसँग माग गरेको हो। वडाध्यक्ष धामी यही माघ २० गते गैरीगाउँस्थित स्थानीयको भाैँसीगोठमा रहस्यमय तवरले मृत अवस्थामा भेटिनुभएको थियो।
नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका वडाध्यक्ष धामीको निधनप्रति काँग्रेसले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समेवदना प्रकट गरेको गरेको छ। रासस