काठमाडौं - महाराजगञ्ज चक्रपथ बनि–बनाउँ क्षेत्र (विल्ट–अप–एरिया) का स्थानीय जनताले सरकारले चक्रपथ विस्तारको नाममा कायम गरेको ३१ मिटरको क्षेत्रफललाई नमान्ने घोषणा गरेका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो घोषणा गरेका हुन्।
महाराजगंज चक्रपथ सुधार समितिको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘ बिक्रम सम्वत् २०२९÷०३० मा काठमाडौंमा चक्रपथको परिकल्पना र रेखाँकनपछि नै महाराजगंज क्षेत्रको चौवाटो (क्रसिङ्ग) लाई पुरानो वसोवास महत्वको क्षेत्र ठह¥याईएको हो।
त्यहाँ रहेका घरवस्ती र संरचनालाई विथोल्नु त्यतिबेलै पनि उचित नदेखि कानूनमा भएको व्यवस्था बमोजिम नै पूर्वतर्फ १३५ मिटर र पश्चिम तर्फ १०९ मिटर विल्ट–अप–एरिया (बनी वनाउ क्षेत्र) तोकिएको हो। त्यसैवेला त्यहाँ वाटोको केन्द्र रेखावाट १५÷१५ मिटरको जग्गा अत्यन्त न्यून मुआव्जाका वावजूद स्थानीयले चक्रपथ सडक निर्माणमा सहयोग गरेका हुन्। त्यहाँ पूर्व–पश्चिम (क्रसिङ्ग) मा हाल पनि चक्रपथतर्फ दुबैतिर चार चार लेनमा गाडी पंक्तिबद्ध भई ओहोर दोहोर गरी रहेका छन्। ’
समितिले सो क्षेत्रलाई नै उदाहरण मानी काठमाडौं उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरुमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा समेत उक्त व्यवस्था कायम गरी चक्रपथमा कूल छ (६) ठाउँमा विल्ट–अप–एरिया कायम गरिएको जनाएको छ।
त्यस्तै, चक्रपथको वर्तमान दोस्रो चरणको विस्तारमा पहिला महाराजगंज र चावहिल क्षेत्रमा पुरानो वस्ती र सम्पदा जोगाई महाराजगंज (विल्ट–अप–एरिया) हुने क्षेत्रसम्म मात्र तोकी चिनियाँ पक्षसँग बाटो चौडा गर्न अनुरोध गरिएको समितिले जानकारी दिएको हो।
महाराजगंज क्षेत्रको विल्ट–अप–एरिया खारेज गर्ने नै हो र पुराना तथा नियमानुसार बनेका नयाँ घरहरु पनि भत्काउने हो भने पनि दुई किलोमिटर अगाडी धोवीखोला पुल पारि चावहिलतर्फ लाग्दा सडक झनै सानो भई ट्राफिक धेरै अस्तव्यस्त हुने समितिको ठहर छ।
समितिले भनेको छ,‘अहिले नै त्यहाँ सवारी जाम नियमित छ। झन् थप सवारीको चाप त्यहाँ थप्दा त्रिभुवन विमानस्थल, पशुपतिनाथ तथा बौद्धनाथ जाने यात्रु÷पर्यटकको के हाल होला ! त्यो सडक जोरपाटी, साँखु लगायत काठमाडौं शहरको उत्तर पूर्वका जनसंख्याको नियमित आवत जावत गर्ने प्रमुख मार्ग पनि हो।’