कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरदेखि भारतको हरिद्वार र देहरादुनसम्म बससेवा सञ्चालनमा ल्याइएको छ। पवनदूत बस व्यवसायी कम्पनी प्रालिले सीधा स्थानमा नेपाल भारतमैत्री बससेवा सञ्चालन ल्याएको जनाएको छ।
प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले बुधबार बससेवाको शुभारम्भ गरे। भीमदत्तनगरदेखि हरिद्वार र देहरादुनसम्म करिब ३५० किलोमिटर दूरी रहेको छ।
प्रत्येक दिन साँझ ६ बजे वातानुकूलित बस छुट्ने छ। कम्पनीका अध्यक्ष धर्मबहादुर महराले बससेवा सञ्चालन भएपछि यात्रुलाई सहज हुने जानकारी दिएका छन्। बससेवाले पर्यटन भ्रमण वर्षलाई समेत सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ। (रासस)