एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको सुनवाइमा अमेरिकी सिनेटले उनलाई सफाइ दिदैँ ह्वाइट हाउसबाट निकाल्ने अभियानमा पूर्णविराम लागेको छ। राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमतमा रहेको सिनेटले बुधबार उनीमाथि लागेको सत्ता दुरुपयोगको आरोप ५२–४८ भोटले खारेज गरेको थियो।
काँग्रेस अवरुद्ध गरेको आरोप ५३–४७ भोटले खारेज गरेको थियो। डेमोक्रेटिक सांसदले आगामी राष्ट्रपति चुनावमा आफ्नो सम्भावित प्रतिद्वन्द्वीलाई बदनाम गर्न युक्रेनमाथि दबाब दिएको छ। अमेरिकीमा राष्ट्रपति पदका लागि ट्रम्पमाथि आरोप लगाएर यही वर्षको नोभेम्बरमा चुनाव हुँदैछ। महाभियोगको सामना गरेपछि पनि चुनाव लड्न लागेका ट्रम्प राष्ट्रपतिका पहिलो उम्मेदवार हुन्।
सिनेटले राष्ट्रपति ट्रम्पलाई पदबाट नहटाउने निर्णय बुधबार भएको ऐतिहासिक मतदानमा लिएको छ। उनीमाथि युक्रेनसँगको सम्बन्धमा आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप पनी थियो।
ट्रम्पमाथि लगाइएको कुनै पनि आरोप सिद्ध भएको भए उनले आफ्नो कार्यभार उपराष्ट्रपति माइक पेन्सलाई सुम्पेर राजीनामा दिनुपर्ने थियो। डेमोक्रेटिक पार्टीको नेतृत्व भएको हाउस अफ रिप्रेजेन्टेटिभ्स (अमेरिकी काँग्रेसको प्रतिनिधिसभा) ले गत १८ डिसेम्बरमा महाभियोगको मन्जुरी दिएको थियो।
के भने ट्रम्पले ?
दोस्रो पटक राष्ट्रपति पदमा निर्वा्चित हुने अभियानमा ट्रम्पले आफूमाथि लागेको आरोपलाई सुरुवातदेखि नै अस्वीकार गर्दै आइरहेका थिए। चुनावी अभियानको तर्फबाट जारी भएको एक बायनको अनुसार, ‘राष्ट्रपति ट्रम्पले पूर्णरुपमा सफाइ पाएका छन् र अब फेरि उनको अमेरिकी जनताको सेवामा लाग्ने समय हो। डेमोक्रेटिक पार्टीलाई थाहा छ कि उनलाई हराउन सकिँदैन त्यसैले पदबाट हटाउन चाहन्छन्।’
बयानमा भनिएको छ, ‘यो कठोर परीक्षा’ र ‘बकवास’ मात्र डेमोक्रेटिक पार्टीको एक चुनावी एजेन्डा थियो। महाभियोगको यो नाटक अमेरिकी राजनीतिक इतिहासमा सबैभन्दा खराब नजिर साबित हुनेछ ।’राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै यसबारे बिहीबार सार्वजनिक बयान दिने बताएका छन्।
एक रिपोर्टअनुसार यस हप्ता ट्रम्पले अमेरिकी मतदाताको नजरमा सबैभन्दा शानदार रेटिङ हासिल गरेका छन्। उनको स्वीकार्यता दर हिले ४९ प्रतिशत पुगेको छ।
कसरी भयो मतदान ?
यूटाका सिनेटर मिट रोमनी रिपब्लिकन पार्टीका एकमात्र सिनेटर रहे जसले पक्ष बदलेर पदको दुरुपायोगको आरोपमा ट्रम्पविरुद्ध मतदान गरेका छन्। सन् २०१२ मा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार रहेका रोमनीले त्योभन्दा पहिलो सिनेटमा राष्ट्रपति ट्रम्पले जनताको विश्वासको दुरुपयोग गरेकोमा दोषी रहेको जनाएका थिए।
रिपब्लिकन पार्टीका दुई उदारवादी नेता मानिएका सिनेटर सुजेन कोलिन्स र अलास्काका मुरकोव्स्कीले ट्रम्पको विपक्षमा मतदान गर्ने डेमोक्रेटिक सिनेटरहरुले जुन आशा गरेका थिए त्यो भएन। केही रिपब्लिकन सिनेटरहरुले हालै मात्र राष्ट्रपति ट्रम्पको व्यवहारको विरोध गरेका थिए। तर, उनीहरुले पदलाई हटाउनुपर्ने गल्ती ट्रम्पले नगरेको जनाए। ट्रम्पलाई पदबाट हटाउनका लागि सिनेटमा दुई तिहाई मत विपक्षमा हुन आवश्यक हुन्छ। जुन सुरुवातबाटै असम्भव देखिएको थियो।