काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे जिल्ला नेता हरिदेव गिरीको शंकास्पद मृत्यु घटना अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले ४ जनालाई नियन्त्रणमा लिइ बानेश्वर वृत्तमा राखेर अनुसन्धान जारी राखिएको बताए। गत मंगलबार राति नयाँबानेश्वरको आलोकनगरमा उनको शंकास्पद मृत्यु भएको आफन्तको भनाई छ। मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्ट मा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानविनको माग गरेका छन्।
महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका ५१ वर्षीय गिरीलाई उपचारका लागि सिभिल अस्पतालमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। उनी दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकार समेत थिए।