काठमाडौं– स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ। नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरुमा स्तन क्यान्सर बढी देखिएको छ। स्तन क्यान्सर भए नभएको महिलाहरु आफैले घरमै पनि परिक्षण गर्न सक्छन्।
स्तन क्यान्सर यसरी जाँच गर्नुहोस्
१. दुबै स्तनको आकार, बनौट, मुन्टोको अवस्था, छालाको रंग र नरमपनाको फरकपन तथा स्तनको भागमा रहेको गिर्खालाई ध्यान दिनुस्।
२. हातलाई माथि उठाएर काखीमा देखापरेको परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्ने।
३. दुबै हातले कम्मरमा हल्का थिचेर ऐना अगाडि हेर्ने।
४. देब्रे काखीको मुखी एउटा तकिया राख्ने र देब्रे हातलाई टाउको पछाडी राखेर सुत्ने। दाहिने हातको बीचमा तीनवटा औंलाको माथिल्लो भागले देब्रे स्तनलाई छामेर जाँच गर्ने। यसरी घडी घुम्ने तरिकाको उल्टो वा सुल्टो दिशामा क्रमबद्ध रुपमा स्तनको सबै भागको जाँच गर्ने।
५. दाहिने काखीको मुनी तकिया राखेर, हातले दाहिने स्तनको प्रक्रिया अनुसार जाँच गर्ने। स्तनको मुन्टोलाई पालैपालो गरी बुढी औंला र चोर औलाको बीचमा राखेर निर्चोने।
६. ५ भाग मध्ये प्रत्येक भागको क्रमबद्ध रुपमा छामेर जाँच गर्ने।
७. नुहाउँदा पनि स्तन क्यान्सर छ वा छैन पत्ता लगाउन सकिन्छ। यसका लागि साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न सकिन्छ।