काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणमा दोषीलाई छोड्ने तर निर्दोषलाई फसाउन नहुने जनाएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार कांग्रेस उपसभापतिसहितलाई विशेष अदालतमा मुद्दा दिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रतिक्रिया दिएका हुन्।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु। सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु।
तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्,’ भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघिदेखि फस्ने नहोस् ।’