एजेन्सी – गणेश आचार्यमाथि पुनः यौन दुर्वव्यवहारकाे आरोप लागेको छ। एक सीनियर ब्याकग्राउण्ड डान्सरले मंगलबार नेशनल कमीशन फार वीमेन (एन.सि.डब्ल्यु) सँग कुरा गर्दौ कोरियोग्राफर गणेश आचार्यले उनको साथ यौन दुर्वव्यवहार गरेको आरोप लगाएकी हुन्।
पहिलो मुद्दा दायर भएको १ हप्ता पछि उनीमाथि फेरी अर्को मुद्दा लागेको हो। तीन दशक अगाडी मसँग दुर्वव्यवहार गरेको गणेश अहिले पनि उस्तै रहेछ। उनले भनिन्, ‘मैले यो खबर सुनेपछि मलाई पनि आवाज उठाउनु पर्छ भन्ने लागेर म यहा आएकी हुँ।’
महिलाले बताइन्, ‘१९९० मा होटल ईस्ट एंड वेस्ट को फर्स्ट फ्लोरमा लगेर डान्स सिकाउने बाहानामा ममाथि दुर्वव्यवहार गरेका थिए।’ गणेश आचार्यले भने कुनै पनि आरोप स्वीकार्यका छैनन्।