काठमाडौं– आज बिहीबार सुनको मूल्य स्थिर छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुज बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
तेजावी सुनकोे मूल्य ७४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ। यस्तै चाँदी तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।