काडमाडौं – उत्कृष्ट कलाकार दुर्गा बिरहीको गीत ‘कहाँ गयौ’ सार्वजनिक भएको छ। आत्म विस्वाश फिल्मस् प्रा.लि. कम्पनीले उक्त गीत सार्वजनिक गरेको हो।
गायक, निदेशक र मोडलसमेत रहेका दुर्गा बिरहीको लय र शब्द रहेको गीत ‘कहाँ गयौ’मा आइ डि (दिपक सुनार) र प्रतिमा बिश्वाकर्मा को आवाज सुन्न सकिन्छ।
यो गीतको निर्देशन तथा मोडल पनि स्वयम् दुर्गा बिरहीले नै गरेका छन्। अत्यन्तै मार्मिक तहबाट यस भिडियोलाई प्रस्तुत गरिएको छ। आफ्नो प्रस्तुतीले लाखौँ दर्शकको मन जित्न सफल मोडल एवं नायिका मन्जिता के.सि.को अभिनय पनि यो गीतमा देख्न सकिन्छ।
उमेश र उशाको कथामा आधारित यो गीतमा कुशल एरेन्जर रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ भने नेपाल कै उत्कृष्ट स्टुडियो पृज्म रेकर्डिङ बाट मास्तरिङ्ग भएको हो र ध्वनि ईन्जिनियर श्याम संवत् रसाइलीले मिसिङ्ग गरेका हुन्।
बाशु बराल ले छायांकन गरेका यो भिडियोलाई अनिल बिष्ट प्युठानी ले सम्पादन गरेका हुन्।
https://www.youtube.com/watch?v=Jc2W_S2-KXc&feature=youtu.be&app=desktop