एजेन्सी– हर्मोनको मात्रामा गडबडी आएर ग्रन्थी फुल्नुलाई गलगाँड भनिन्छ। यो सास फेर्ने नलीको बाहिरपट्टि हुन्छ। थाइराइड ग्रन्थीले थाइराइड हर्मोन आवश्यकताभन्दा बढी उत्पादन गरेमा घाँटीमा डल्लो देखिन्छ।
यसलाई मेडिकल भाषामा ‘हाइपर थाइराइडिजम’ भनिन्छ । आयोडिनको कमीका कारण शरीरमा थाइराइड हुन्छ। थाइराइडमा पलाउने ट्युमरबाट गलगाँड हुन्छ। गलगाँड हुँदा घाँटीमा गाँड देखापर्छ ।
लक्षण
१. स्वरमा समस्या आउनु,
२. ग्रन्थीमा समस्याहरु देखिनु,
३. दुब्लाउनु,
४. मुटुको धड्कन बढ्नु,
५. रक्तचाप बढ्नु,
६. भोक लाग्नु तथा अपच हुनु,
रोकथाम
शरीरमा आयोडिन कमी हुँदा लाग्ने रोग हो। त्यसकारण आयोडिन खानुपर्छ । न्युक्लियर र रेडिएसनको सम्पर्कमा रहने मानिसलाई थाइराइडको समस्या हुने कारण एक्सरे, रेडियो वा लाइट आदिमा काम गर्ने मानिसले विचार पुर्याउनुपर्छ ।
उपचार
१. गलगाँड जाँचबाट कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ। एक सेन्टिमिटरभन्दा मुनिका गिर्खाले खासै असर गर्दैन।
२. ६ महिनादेखि १ वर्षको अन्तरालमा गिर्खा बढेको पत्ता लगाउन जाँच गर्नुपर्छ।
३. ग्रन्थी सुन्निने र घाँटीमा समस्या देखापर्ने आदि लक्षण देखिएमा गिर्खामा क्यान्सर हुन सक्छ।
४. गलगाँड औषधिको प्रयोगले निको पार्न सकिन्छ ।