काठमाण्डौं– बहुचर्चित फ्रेन्चाईज लिग एभरेष्ट प्रिमियर लिग ईपीएलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको मान्यता पाएको छ। नेपाल क्रिकेट संघ क्यानको स्विकृतीमा आयोजकले दिएको निवेदनलाई आईसीसीले स्वीकृत दिएसँगै प्रतियोगीताले आईसीसीको मान्यता पाएको हो।
चैत्र १ गतेबाट सुरु हुने चौथो संस्करणको ईपीएलमा विश्वचर्चित क्रिकेटरको आगमन हुदैछ। चैत्र १५ सम्म चल्ने प्रतियोगीताका सबै खेलहरु कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछन्। लिगमा काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।