एजेन्सी – अस्वस्थ्यकर खानपानले हाम्रो पाचनप्रणाली कमजोर बनाएर शरीरमा अनेकौँ समस्या उत्पन्न हुन्छ। जस्तैः कब्जियत, अपच, झाडापखाला र बान्ता हुने हुन्छ। यस्ता अनेकौ समस्याको घरेलु विधिबाट पनि उपचार खोज्न सकिन्छ।
कब्जियत– दिनमा दुई पटक एक चिया चम्चा त्रिफला पाउडर र मह मिसाएर सेवन गर्ने, प्रत्येक दिनआधा ग्लास मनतातो पानीमा आधा चम्चा भुटेको जिरा पाउडर खाने, आधा ग्लास पालुंगो रसमा आधा ग्लास पानी मिसाएर दिनमा तीन पटकसम्म पिउने।
झाडापखला– पाकेको केरालाई दहीमा मिसाएर सेवन गर्ने, अदुवाको एक सानो टुक्रा पोल्ने र त्यसमा एक चिया चम्चा मह मिसाएर खाने, दुई ठूलो चम्चा दहीमा आधा चिया चम्चा मेथीको दाना र जिरा मिसाएर सेवन गर्ने।
एसिडिटी– तुलसीको केही पत्ता राम्ररी पखाल्ने र बिस्तारै चपाउने। एक चम्चा मेथी दानामा थोरै पानी मिसाएर पेस्ट बनाउने, त्यसलाई छानेर रस पिउने, एक कप पानीमा तीन वटा सुकुमेलको धुलो मिसाएर उमाल्ने, मनतातो बनाएर पिउने।
अपच– एक गिलास तातो पानीमा एक चिम्टी हिंग र विरेनुन मिलाएर दिनमा तीन पटक पिउने, एक कप पानीमा थोरै पुदिनाको पात मिसाएर तीनचार मिनेट उमाल्ने। छानेर मह मिसाएर पिउने, एक गिलास तातो पानीमा एक कागतीको रस, एक ठूलो चम्चा बेकिङ सोडा र ए चिम्टी नुन मिसाएर पिउने।
बान्ता– एक चिया चम्चा अदुवाको रस र कागती मिसाएर पिउने, एक एक चिया चम्चा पुदिना र कागतीको रसमा एक ठूलो चम्चा मह मिसाएर पिउने, ल्वाङको टुक्रा मुखमा राखेर चपाउने। वा एक कप पानीमा तीन चारवटा ल्वाङ राखेर उमाल्ने र सेलाएपछि पिउने।