एजेन्सी– ह्वावेले वाई सिरिजअन्तर्गत आफ्नाे नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले सस्तो मूल्यमा प्रशस्त स्टोरेज क्षमता भएको ह्वावे वाई सिक्स एस सार्वजनिक गरेको हो।
६.०९ ईन्चको एचडी डिस्प्ले, शक्तिशाली कार्यक्षमता र प्रशस्त मेमोरी क्षमतासहित यो स्मार्टफोन निकै आकर्षक रहेको कम्पनीले जनाएको छ। ५ सय १२ जीबीको मेमोरी कार्ड सर्पोट गर्ने यो फोनमा ३ जीर्बी याम र ६४ जीबी स्टोरेज क्षमता रहेको छ।
यो फोन २.३ जीएचजेड लार्ज कोरसहितको नयाँ अक्टा–कोर प्रोसेसर र इन्टेलिजेन्ट ईएमयूआई ९.१ सिस्टममा आधारित रेहको छ। फोनले ब्याकग्राउन्डमा चल्ने सिस्टम क्यासलाई स्वतः हटाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार जब स्मार्टफोनको स्टोरेज ३० प्रतिशतभन्दा तल झर्छ तब सिस्टमले प्रयोगकर्तालाई अनावश्यक फाइलहरू हटाउन रिमाइन्ड समेत गर्नेछ।
यो स्मार्टफोनमा १३ एमपी रियर क्यामरा रहेको छ। जसमा एफ १.८ अपाचारको लेन्स प्रदान गरिएको छ। जसको मद्धतले उत्कृष्ट फोटो खिच्न सकिने उल्लेख गरिएको छ। यसमा ८ एमपीको फ्रन्ट क्यामरा रहेको छ। स्क्रीन लाईटयुक्त यस स्मार्टफोनमा फोटोग्राफीका हिसाबले सबैभन्दा अनुपयुक्त अवस्थामा पनि क्यामराको क्षमतालाई बढाई उत्कृष्ट फोटो खिच्ने गर्दछ। जुन यो रेन्जमा रहेका अन्य बजेट फोनहरू भन्दा निकै उत्कृष्ट क्षमता पनि हो।
एआई पावर सेभिङ टेक्नोलोजी भएको ह्वावे वाई सिक्समा ३०२० एमएच ब्याट्री रहेको छ। यसका साथै यसमा फेस अनलकिङ र फिंगर प्रिन्ट सुविधा पनि रहेको छ। जसले प्रयोगकर्ताको सुचनालाई थप सुरक्षित बनाउने कम्पनीको दावी रहेको छ। कम्पनीले यो फोनको बजार मूल्य १४ हजार ९ सय ९० रुपैयाँ तोकेको छ।